झिनामसिना काममा नअल्झिन प्रधानमन्त्रीलाई प्रदिप पौडेलको आग्रह

काठमाडौं ।  नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले २९ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई झिनामसिना काममा नअल्झिन आग्रह गरेका छन् । 

नेता पौडेलले नयाँ वर्षको शुभकामना दिँदै नयाँ संरचना सहितको नेपालमा सञ्चय कोषलाई पनि नयाँ बनाउने कुरामा ईंगित गरे । सञ्चयकोषको नेतृत्वले सञ्चयकोषमा जम्मा भएको पूजीलाई सहि ठाँउमा योजना बनाउदै लगानी गर्न पौडेलले सुझाव दिए । उनले भने, 'देशमा पर्याप्त पैसा जम्मा भएर खुम्चिएर बसेको छ तर हामि लगानि सम्मेलन गर्दैछौ र पैसा जुटाउदै छौ, अब सबैले वैयक्तिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लागि समृद्धिमा सहयोग पुराउन जरुरी छ ।' पेन्सन फण्डको जिम्मा समेत यही संस्थाले लिएपछि यसको व्यवस्थापन र सांगठनिक संरचना चुस्तदुस्त वनाउन पौडेलले सुझाब दिए ।

फरक प्रसंगमा, वर्तमान दुईतिहाई सरकारले १४ महिनासम्म कुनै पनि काम गर्न नसकेको खाली हावा गफमा अलमलिएको आरोप लगाउदै पौडेलले सम्पूर्ण जनताको हकहितमा काम गरी अगाडि बढ्न सुझाब दिएका थिए ।

प्रशासकीय प्रमुख तुलसीप्रसाद गौतमले नयाँ वर्षको शुभकामना मन्तब्य सँगसँगै कर्मचारीको हकहितमा काम गर्ने र संस्थाको दायरा प्रष्ट पार्दै नीतिनियममा अब्बल भूमिका देखाउन लागिराग्ने र संस्थालाई बिस्तारै अफिसरियल भूमिकामा लैजादै तल्ला तहका कर्मचारी कम गर्दै जाने,र पेन्सन फण्डका लागि अन्तिम तहमा पुगेको र विभाग समेत बनेको जानकारी गराएका थिए । कोषले नयाँ भवन बनाउने काममा पनि तिब्रता दिएको र कर्मचारिको सेवासर्तलाई पुनरावलोकन गर्ने र संस्थालाई स्वाग्राहिमैत्रि वनाउने जानकारी गराएका थिए । 

सस्थाका अध्यक्ष अर्जुनप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?