छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला 

लोकपथ
490
Shares

काठमाडौं । छुट्टाछुट्टै  स्थानबाट  चारजना मृत अवस्थामा फेला  परेका छन् ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।  गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हो   ।

बर्दियाको  बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा हाल पहिचान  नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?