ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

लोकपथ
56
Shares

पोखरा । तमुहरूको महान पर्व मुप्री ल्होसार/ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए ।

समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उनको भनाई छ । गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहेका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उनले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुुपर्नेमा उनको जोड थियो ।

गुरुङ समुदायका युवाहरू व्यवसासयिक रुपमा अघि बढ्नुुपर्नेमा जोड दिदै उनले सफलताका लागि निरन्तरता, धैर्यता आवश्यक हुने बताए ।

त्यस्तै, गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी बृद्धिका धेरै सम्भावना रहेको बताए ।

संघले गुुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दुधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उनको धारणा थियो ।

त्यसैगरि, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?