आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : देशभरका विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन

लोकपथ
14
Shares

काठमाडौं । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउन थालिएको बताइएको हो ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन  निर्देशन दिएको छ ।

बुधबार एक सूचना जारी गर्दैमन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।

शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?