नेपाल एग्रो र गणपति माइक्रोफाइनान्स ‘आइपिओ’ निष्काशन गर्ने तयारीमा

काठमाडौं । आउँदो वैशाखको दोस्रो साताबाट नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सले सर्वसाधारणको लागि ‘आइपिआयो’ जारी गर्ने भएका छन् । 

पोखरामा केन्द्रीय कार्यालय रहेको एग्रो लघुवित्तले वैशाख ८ गते तथा तनहुँमा केन्द्रीय कार्यालय रहेको गणपति माइक्रोफाइनान्सले ९ गते ‘आइपिओ’ जारी गर्न आज ‘बिहीवार’ आह्वान पत्र निकालेको हो । 

लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको एक लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२ दशमलब ५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो।

सर्वसाधारणहरुले एक लाख ५१ हजार २ सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै गणपति माइक्रोफाइनान्सले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२ दशमलब ३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो। बाँकी ६७ दशमलब ६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ।

कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये पाँच हजार १ सय ७५ कित्ता कर्मचारीहरु र १६ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ। तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?