गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद आवेदन खुल्ला

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद खुल्ला गरेको छ । 

इन्स्योरेन्स कम्पनीले आज ‘बिहीवार’देखि ५० प्रतिशत हकप्रद खुल्ला गरेको हो ।   इन्स्योरेन्सले चुक्ता पूँजीको २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार गरेका  शेयरधनीले मात्र आवेदन दिन सक्ने जनाएको छ । 

धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

हकप्रद भर्ने अन्तिम दिन आगामी जेठ १ गतेसम्म रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?