औषधि भन्दा पनि प्रभावशालि चिया सिड, यसरी गर्नुहोस् प्रयोग

लोकपथ
338
Shares
Elena Fedorina/Getty Images

काठमाडौं । अहिलेको समयमा मानिसहरुलाई केहि न केहि रोग लागेको नै हुन्छ । आफ्नो रोग निको पार्नको लागि मानिसहरु महँगोे औषधिहरुको सेवन गरिरहेका हुन्छन् । त्यस्ता औषधिको सेवनले शरीरलाई फाइदा गर्दैन् ।

आज हामी तपाइहरुलाई एक अचुक औषधि चिया सिडको बारेमा जानकारी दिने छौँ ।

यो कुरा थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ, एउटा सानो बीज औषधि भन्दा पनि प्रभावशालि हुनसक्छ । यस्ता बीजहरुलाई सहि तरिकाले सेवन गर्ने हो भने शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । यस्तो बीजहरुमा चिया सिड पनि एक हो । जो हेर्दा तोरीको दाना भन्दा पनि सानो हुन्छ । तर यो एकदमै शक्तिशालि पोषण तत्वले भरिपूर्ण हुन्छ । विज्ञका अनुसार चिया सिडमा फाइबर, ओमेगा ३ फ्याटी एसिड, बिरुवामा आधारित प्रोटिन र शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । दुई चिया चम्चा बीजमा लगभग १० ग्राम फाइबर, ५ ग्राम प्राटिन र ६.७ ग्राम पोलीअनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ ।

जसले फ्री रेडिकल्सको असरलाई कम गर्छ । फ्री रेडिकल्सले शरीरलाई गम्भीर नोक्सान पु¥याउन सक्छ । फ्री रेडिकल्सबाट जटिल रोगहरु लाग्ने जोखिम पनि बढ्न सक्छ । यस्तोमा तपाई आफ्नो डाइटमा चिया सिडलाई राखेर त्यसको फाइदा लिन सक्नुहुन्छ ।

चिया सिडको फाइदाहरु

हड्डि कमजोर भएका व्यक्तिहरुको लागि चिया सिड बरदान साबित हुन सक्छ । चिया सिडमा क्यालसियम, फस्फोरस, म्याग्नेसियम पूर्ण मात्रा हुन्छ । जसले हड्डिहरुलाई बलियो बनाउँछ ।

चिया सिडले कोलेस्ट्रोलका बिरामिलाई पनि फाइदा पु¥याउँछ । चिया सिडमा घुलनशील फाइबर हुन्छ । जसले नराम्रो कोलेस्ट्रोलाई कम गर्न मद्दत गर्छ र मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

उच्च रक्तचापको समस्याबाट ग्रसित भएका व्यक्तिहरुले चिया सिडको सेवन गर्नु उपयुक्त हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ र रक्त नलिहरुलाई आराम प्रदान गर्छ ।

चिया सिडको सेवनबाट मधुमेहलाई पनि नियन्त्रण गर्न सकिन्छ । चिया सिडमा फाइबर भरपुर मात्रामा पाइन्छ । जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

चिया सिड जस्तो शक्तिशाली बीजको प्रयोगले मोटोपन पनि कम गर्न सकिन्छ । ओभर वेट भएको व्यक्तिहरुलाई चिया सिड चमत्कारी साबित हुन सक्छ । पेटको बोसो घटाउन यसको सेवन गर्न सक्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?