अनुहारमा डन्डिफोर आएर हैरान हुनुहुन्छ ? : घरमै यसरी गर्नुहोस् उपचार

लोकपथ
91
Shares

काठमाडौं । डन्डिफोर प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने विभिन्न परिवर्तनसँगै धेरैको अनुहारमा डन्डिफोर आउने गर्दछ ।

डन्डिफोरले पुरुषको दाँजोमा महिलालाई धेरै सताउने गरेको पाइन्छ । तर कहिलेकाहिँ अन्य उमेरका मानिसलाई पनि डन्डिफोर आउने गर्छ । कतिपय अवस्थामा शरिरको स्याहार गर्दा गर्दै पनि डन्डिफोर आउने गर्दछ ।

खराब जीवनशैली, अस्वस्थ खानपान, प्रदुषण, तनाव, आदी डन्डिफोर आउनुको मुख्य कारण मानिन्छ । आज हामीले तपाइलाई डन्डिफोरबाट जोगिने केहि उपायका बारेमा बताउन गहिरहेका छौँ ।

डन्डिफोरको घाउलाई हातले छुनुहुँदैन । हातले छुँदा संक्रमणको सम्भावना बढी हुन्छ । यदी हातले छुनै परे हातलाई सफागरेर मात्रै छुनुपर्दछ । अनुहारलाई सधै सफा राख्नुपर्छ । सधै तेलरहित क्रिमको उपयोग गर्नुपर्छ ।

१. नीमको पात
नीमको पातमा पाइने केहि औषधीय गुणले शरीरलाई धेरै गम्भीर रोगबाट बचाउने मात्र होइन छालाको लागी पनि निकै फाइदाजनक हुन्छ । नीमको पेस्ट अनुहारमा लगाउनाले अनुहारमा भएको दाग र डन्डिफोर कम गर्छ ।

२. एलोभेरा जेल

यदि तपाईको घरमा एलोभेरा जेलको बिरुवा छ भने यसको प्रयोग गर्नुहोस् । एलोभेरामा पाइने एन्टी इन्फ्लेमेटरी एन्टिब्याक्टेरियले डन्डिफोरलाई निकै कम गर्छ । एलोभेराको जेल अनुहारमा लगाउनाले अनुहारमा डन्डिफोरलाई कम गर्नुसँगै चमक पनि ल्याउछ ।

३. मेथीको दाना

के तपाईलाई थाहा छ मेथीको दानामा पनि डन्डिफोर कम गर्ने गुण हन्छ रु यसमा पाइने प्राकृतिक सेलिसिलिक एसिडले अनुहारका छालाका बन्द छिद्रहरु खोल्छ । मेथीको सेवन वा पेस्ट बनाएर अनुहारमा लगाउन सकिन्छ । मेथीको पानी पिउँदा छालालाई फाइदा हुन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?