जाडो मौसममा यसरी गर्नुहोस् हातको हेरचाह

लोकपथ
65
Shares

काठमाडौं । जाडोको सुरुवातसँगै छालामा पनि यसको असर देखिँदै जान्छ । यस्तो समयमा मानिसहरुले आफ्नो छालामा विभिन्न थरिका स्किन केयर प्रोडक्टहरु प्रयोग गर्ने र्गछन् । जसले गर्दा उनीहरुको छाला जाडोमा पनि नरम र मुलायम रहन मद्दत गर्छ । यि प्रोडक्टहरुको प्रयोगले केही समय काम पनि गरिरहेका हुन्छन् । तर जति नै यिनीहरुको प्रयोग गरे पनि जाडोमा हात सुख्खा नै भइरहने हुन्छ ।

खासगरि जाडो मौसममा अनुहारलाई जस्तै गरेर हातलाई पनि थप हेरचाहकोे आवश्कता पर्छ । किनभने हामीले दिनहुँ धेरै पटक हात धुने गर्छौँ, घरको काम गर्ने, बजार जाने, अफिस जाने र अरु थुप्रै कामहरु हामी हातको प्रयोगबाट नै गर्छौँ । त्यसैले यस्तो समयमा हातको ध्यान राख्नु पनि जरुरी हुन्छ । यदि हातको ध्यान सहि तरिकाले राखिएन भने हात सुख्खा र फ्रुस्रो हुने गर्छ ।

मोइस्चराइजरको प्रयोग गर्ने

बजारमा ह्याड क्रिम सजिलैसँग पाइन्छ । जाडोमा यसको प्रयोग हामीले दिनमा तीन चार पटक गर्नुपर्छ । यसरी प्रयोग गर्दा हाम्रो हात सुख्खा हुन दिँदैन् । यसको प्रयोगले हातलाई नरम र मुलायम बनाउँछ ।

एयर ड्रायरसँग टाढा रहने

जाडोको समयमा धेरै जसो मानिसहरुले हात सुकाउनको लागि ड्रायरको प्रयोग र्गछन् । ड्रायर जाडोमा बढि नै उपयोगि चिज हो तर यसको प्रयोगले स्किनलाई धेरै नै सुख्खा बनाउँछ । त्यसैले जतिसक्नु हुन्छ यसको प्रयोगबाट टाढा नै रहनुहोस् । जहिले पनि चिसो हातलाई नरम रुमाले पुछ्ने गर्नुपर्छ ।

पन्जाको प्रयोग गर्ने

जाडोको मौसममा चिसो हावाबाट बच्नको लागि पन्जा एकदमै उपयोगि चिज हो । हामीले घरबाट बाहिर निस्कने समयमा पन्जाको प्रयोग गर्नुपर्छ । यसले गर्दा तपाईको हातलाई मुलायम राख्न मद्दत गर्छ ।

सहि साबुनको प्रयोग 

यदि तपाईले प्रयोग गर्ने साबुन कडा छ भने हात धुनको लागि त्यस्तो साबुनको प्रयोग गर्नु हुँदैन् । यसले अझ हातलाई सुख्खा र फ्रुस्रो बनाउँछ । यसको सट्टामा हामी ह्यान्ड वासको प्रयोग गर्न सक्छौँ । ह्यान्ड वासले हातलाई धेरै सुख्खा बनाउँदैन ।

अल्कोहल आधारित प्रोडक्टको प्रयोग नगर्ने

अल्कोहलयुक्त भएका प्रोडक्टहरु पनि जाडो मौसममा उपयोग गर्न कम गर्नुपर्छ किन भने यस्तो प्रोडक्टको प्रयोगले तपाईको छालको मुलायमपन हराउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?