काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका हुन् ।
विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गरेको उनको भनाई छ । त्यस कारणले पनि पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीले दावी गरे ।
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया