प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘पुस १० गते दिउँसो ठिक ३ बजे सप्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरुबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका काम कारबाहीबारे पनि देशबासीलाई जानकारी दिनेछन् ।

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?