नेविसंघले सरकारविरुद्ध खबरदारी सभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो गतिविधिको विरोधमा खबरदारी सभा गर्ने भएको छ । 

दुई तिहाइको सरकार प्रतिपक्षको कुरै नसुनी पेलेर जान खोजेकाले शनिबार राजधानीको बाल्मिकी विद्यापीठमा खबरदारी सभा गर्न लागिएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । 

सरकारको एकलौटी ढंगले अघि बढिरहँदा प्रतिपक्षी दल कांग्रेस समेत निरिह देखिनु दुखद भएको भन्दै पार्टी नेतृत्वलाई सशक्त बनेर प्रतिरोध गर्न दवाव दिने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

खबरदारी सभाको नारा नै सरकारी अराजकता ,प्रतिपक्षको मौनता ,युवा विद्यार्थीको  भुमिका तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?