बालुवाटरको सरकारी जग्गा घोटाला प्रकरण : के भने नेकपाका महासचिव विष्णु पौडेलले ?

काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बादुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गामा घोटाला प्रकरणमा आफ्नो नाम समेत मुछिएको भन्दै आपत्ति जनाएका छन् । 

बुधवार एक विज्ञप्ति जारी गर्दै पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् । 

‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा पौडेलको समेत ८ आना जग्गा रहेको समाचार बाहिरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?