जाडो याममा रुम हिटर वा ब्लोअरको प्रयोग गर्नुहुन्छ ? यि कुरामा अपनाउनुहोस् सावधानि

लोकपथ
78
Shares

काठमाडौं । जाडो महिनामा कोठालाई तातो बनाउनको लागि के तपाई रुम हिटर वा ब्लोअर जस्ता उपकरणहरु प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सावधान हुनुहोस् ।

बन्द कोठामा यस्तो खालको उपकरणहरु प्रयोग गर्नाले तपाईको स्वास्थ्यमा विभिन्न प्रकारको समस्याहरु आउन सक्छन् । यस्तो खालको उपकरणहरुले स्वास्थ्यका लागि कुनै बेला घातक पनि हुन सक्छ ।

जाडो मौसमा तातो प्राप्त गर्नको लागि लगभग हरेक घरमा हिटरको प्रयोग गर्ने गरिन्छ । तर के तपाईलाई थाहा छ यसको प्रयोगले हाम्रो स्वास्थ्यमा साइड इफेक्ट पनि हुुन सक्छ ? रुम हिटर वा ब्लोअरको अधिक प्रयोग त खतराजन हुन्छ । यसमा पनि यदि तपाई बन्द कोठमा यसको प्रयोग गर्नुहुन्छ भने त झन् यसको कारणले ज्यान जोखिममा पनि पर्न सक्छ ।

रुम हिटरले हाम्रो शरीरमा कसरी समस्या ल्याउँछ ?

रुम हिटरले कार्बनअक्साइडको मात्रा बढ्न सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार रुम हिटर प्रयोग गर्दा केहि सावधानिहरु अपाउनु जरुरी छ । जुन कोठामा तपाईले हिटरको प्रयोग गर्नुहुन्छ त्यस कोठमा भेन्टिलेटरको राम्रो व्यवस्था भएको हुनुपर्छ । बन्द कोठामा हिटरको अत्याधिक प्रयोगले हावामा कार्बनमोनोअक्साइड र नाइट्रोजन अक्साइडको स्तर बढ्न सक्छ । यसले आँखा, नाक र घाँटीमा जलन पैदा गर्नसक्छ ।

यस बाहेक कार्र्बनमानोअक्साइड उच्च भएको ठाँउमा सास फेर्नु विषाक्त हुन सक्छ । जसको परिणाम स्वरुप टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने जस्ता विभिन्न लक्षणहरु देखिन थाल्छन् ।

हावामा आद्रता घट्छ

रुम हिटले कोठाको हावालाई सुख्खा बनाइदिन्छ । जसको परिमाणरुवरुप हावाको आद्रता कम हुन जान्छ । जसले गर्दा छालामा, आँखमा सुख्खापन हुने हुँदा पोल्ने, चिलाउने हुन जान्छ । घाँटी सुक्ने जस्ता समस्या देखापर्न थाल्छन् । लामो समयसम्म यस्तो हुँदा श्वासप्रश्वास सम्बन्धि समस्या नाक बन्द हुने जस्तो दिर्घकालिन समस्या आउन सक्छ ।

एलर्जी र दमको समस्या बढ्न सक्छ

रुम हिटरले हावालाई सुख्खा बनाइदिने हुँदा एलर्जीको समस्या पनि बढाउँछ । पहिले देखिनै संवेदनशील व्यक्तिहरु वा श्वासप्रश्वास सम्बन्धि समस्या भएका व्यक्तिहरुमा अझ बढी असर गर्न सक्छ ।

हिटरको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने सावधानिहरु

ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ त्यस्तो ठाउँमा पनि ग्यासबाट चल्ने हिटरलाई राख्नु हुँदैन।

हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।

समय-समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा राम्रो हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?