राजनीतिक विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनु दु:खद् : मन्त्री गुरुङ

लोकपथ
35
Shares

काठमाडौं। कानुन न्याय तथा संघीय मामिलामन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विसंगति र विकृतिको थुप्रो देखिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा देखिएको विसंगति र विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनुपर्दा अप्ठ्यारो महशुस भएको बताएका हुन् ।

उनले भने, ‘नेपाली राजनीतिमा देखिएको विसंगति र विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनुपर्दा अलि अप्ठ्यारो हुँदोरहेछ । त्यसैले किशुनजीले मलाई आशिर्वाद दिनुहोस् स्वर्गबाट कि त्यो फोहोर र विकृतिको डङ्गुर सफा गर्न सक्ने शक्ति दिनुहोस् भन्ने कामना गर्न चाहन्छु ।’

उनले कृष्णप्रसादको जस्तो सन्त, निष्ठाभाव आफूमा पनि अलिअलि सरिदिए साँच्चिकै श्रदाञ्जलि गरेको पुग्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?