वर्तमान सरकारले गरेको निर्णयले ठूलो समस्या निम्तिन्छ : नेता रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रियताका सवालमा आफ्नै पार्टी गम्भीर बन्न नसकेको बताएका छन् । 

राष्ट्रियताका सवालसँग जोडिएका कतिपय विषयमा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका निर्णयहरुले आउँदो दिनहरुमा ठूलो समस्या निम्तिन सक्ने बताउँदै नेता रावलले भने, ‘नागरिकताका सवालमा गृहमन्त्रालयले गरेको पछिल्लो निर्णय त्यसको उदाहरण हो ।’ 

बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले सो कुरा बताएका हुन् । 

साथै उनले त्यसबारे पार्टी भित्र समीक्षा आवश्यक रहेको समेत बताए । 

आफ्नो चुनावी एजेण्डाबाट सरकारपछि हटेको बताउँदै उनले भने, ‘पार्टीमा त्यसको समीक्षा आवश्यक छ ।’
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?