काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले स्थायी कमिटी र पोलिटब्युरो बैठक केन्द्रीय कमिटीमै समायोजन गरी गर्ने निर्णय गरेको छ ।
पुष ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिटब्युरोको बैठकलाई केन्द्रीय कमिटीको बैठकसँगै समायोजन गरि सबै बैठक एकै पटक गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटी र पोलिटब्युरो बैठकलाई केन्द्रीय कमिटीको बैठकसँगै समायोजन गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
‘केन्द्रीय परिषद्को बैठकमा पेश गर्ने विधानका मस्यौदाका सन्दर्भमा व्यापक छलफल गरेका छौ । सचिवालय बैठकमा उठेका जिज्ञाशा, प्रस्ताव र विचारहरुलाई समेटेर एउटा रिपोर्ट तयार गरिने छ र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने छ ।’ उनले भने, ‘केन्द्रीय कमिटीको बैठक पुषको ११, १२, १३ मा राख्ने निर्णय गरिएको छ । त्योभन्दा अगाडि पुष ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिटब्युरोको बैठकलाई केन्द्रीय कमिटीको बैठकसँगै समायोजन गरी सबै बैठक एकै पटक गर्ने निर्णय गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया