काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले, जलवायुमा परिवर्तनबाट भएको असरबारे विश्वको ध्यानाकर्षण गराउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जिकिर गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा उनले, जलवायुमा परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि त्यसको असर भोग्नु परेको भन्दै विश्वलाई त्यसबारे ध्यानाकर्षण गराउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।
उनले भने, ‘जुन अहिले जलवायुमा परिवर्तन भइरहेको छ । यो जलवायुमा भएको परिवर्तनको सिकार जसको जलवायुमा परिवर्तन गर्ने काममा योगदान छैन् । ती देशहरू भएका छन् । त्यसमा नेपाल पनि परेको छ । त्यसकारण जलवायुमा परिवर्तनमा हाम्रो देशको हानी नोक्सानीको क्षति पूर्ति हुनुपर्छ । गरिब देशहरुको क्षतिपुर्ति हुनुपर्छ भनेर अन्तराष्ट्रिय क्षेत्रमा नेपाल लिडरसिप गरिरहेको छ ।’
अर्को प्रसंगमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । उक्त परिवर्तनबाट पत्रकारिता क्षेत्र सरकारको नियन्त्रण र प्रोत्साहनमा मात्र नभई आफै संस्थागत हिसाबले निजी उद्योग , क्षेत्रको रुपमा भएर विस्तार भएको उनको भनाई छ ।
उनले भने, ‘२०४७ साल पछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी रुपान्तरण भएको छ । बदलाव आएको छ । परिवर्तन आएको छ । यो परिवर्तनबाट पत्रकारिता क्षेत्र सरकारको नियन्त्रण र प्रोत्साहनमा मात्र होइन् । आफै संस्थागत हिसाबले नीजि उद्योग ,क्षेत्र भएर विस्तार भएको छ ।’
परराष्ट्रमन्त्री साउदले सरकार सीमित श्रोत,साधनका बाबजुद पनि राम्रो काम गर्न खोजिरहेको भन्दै प्रजातन्त्रमा सरकारले स्थिरता पाउनुपर्ने बर्ता ।
उनले भने, ‘केही काम गर्न खोजिरहेको छ । प्रजातन्त्रमा सरकारले स्थिरता पाउनुपर्छ र सरकारले डेलिभरी दिनुपर्छ । अस्थिरता भयो भने शान्ति मुलुकले प्राप्त गर्न सक्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया