लगानीकर्ताको मनबोल बढ्दा सेयर बजारमा उछाल, ३१ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
117
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले घरजग्गा र सेयर धितो कर्जाको जोखिम भार घटाएसंगै लगानीकर्ताहरुको मनोबल बढ्दा यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । सो अनुसार गत सातासम्म लगातार ओरालो लाग्द आएको सेयर बजार परिसुचक नेप्से यो साता लगातार उकालो लागेको छ । नेप्से सुचक संगै कारोबार रकममा भने यो साता नयाँ रेर्कड कायम भएको छ ।

नेप्से यो साता नेप्से २१ सय नौ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९६ दशमलव ६२ बिन्दुमा पुगेर रोकिएको छ । तीन सय १३ वटा कम्पनीहरुको पाँच लाख ३८ हजार एक सय ६५ पटकको कारोबारमा नौं करोड २२ लाख ५६ हजार नौं सय ७५ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार कारोबार रकम ३१ अर्ब २९ करोड ४६ लाख २३ हजार सात सय छ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १५ अर्ब रुपैंयाँले बढी हो ।

गत साता तीन सय तीन वटा कम्पनीहरुको तीन लाख ६० हजार सात सय ७१ पटक सेयर किनबेच भएको थियो । जसबाट पाँच करोड दुई लाख ६२ हजार एक सय ९४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ६९ करोड ५१ लाख १० हजार एक सय ४२ रुपैयाँ ६४ पैसा कायम भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो, चौंथो दिन लगातार उकालो लागेको सेयर बजार परिसुचक पाँचौं दिन भने ओरालो लागेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन २७ दशमलव ७५ अंकले बढेर दुई हजार २२ दशमलव ३५ अंकमा उक्लिएको नेप्से दोस्रो दिन पुन ३८ दशमलव १४ अंकले बढेपछि दुई हजार ६० दशमलव ४९ बिन्दुमा कायम रहन सफल भएको थियो । तेस्रो दिन पुन ४५ दशमलव ९८ अंकले बढेर दुई हजार एक सय छ दशमलव ४८ अंकमा पुगेको नेप्से चौंथो पुन ३५ दशमलव ३९ अंकले बढेर २१ सय ४१ दशमलव ८७ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से ३२ दशमलव ७७ अंकले घटेर २१ सय नौं दशमलव १० अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन चार दशमलव ७० अंकले बढेर तीन सय ८१ दशमलव शुन्य सात अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन नौं दशमलव ५६ अंकले बढेर तीन सय ९० दशमलव ६३ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पनि सात दशमलव शुन्य पाँच अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन चार दशमलव ९३ अंकले बढेर चार सय दुई दशमलव ६३ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स छ अंकले घटेर तीन सय ९६ दशमलव ६२ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?