काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
पुष २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुंग्याउन सकेको छैन ।
तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेका थियो ।
आज बस्नेगरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ ।
आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया