काठमाडौं । पोखरा थन्डर्सले, नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायरमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारको पहिलो खेलमा धनगढी एफसीसँग १–१ को बराबरी गर्दै पोखराले शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको हो।
पोखराले लिगका ८ खेलमा चार खेलमा जित, तीन खेलमा बराबरी र १ खेलमा हार भोग्दै १५ अंकमा शीर्ष स्थानमा रह्यो।पोखरासँग अंक बाँडेको धनगढी एफसीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्न अन्य खेलको नतिजा पर्खनुपर्ने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया