विप्लवका नगर सचिब पक्राउ

भीमदत्तनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का भीमदत्त नगरपालिकाका नगर सचिव रघुबीर जोशीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले नगरसचिव जोशीलाई भीमदत्तनगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?