काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको गतिविधिप्रति पार्टी सभापति चुप बसेको आरोप लगाएका छन् ।
सरकारले संविधान क्षतविक्षत बनाउँदा पनि चुप लागेको भन्दै पार्टी नेतृत्वको आलोचना सिटौलाले गरेका हुन् ।
मंगलबार काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसले आयोजना गरेको कार्यक्रममा संविधानलाई क्षतविक्षत गर्ने काम सत्ताबाट भएको भन्दै सभापति नबोलेकाले आफूमात्रै बोलेर केही नहुँने बताएका हुन् ।
अहिले कांग्रेसको केन्द्र नै अलमलिएको सिटौलाले बताए । कांग्रेस आफैभित्र लुछाचुँडीमा रहेको भन्दै उनले अहिले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि आरोप लगाए ।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो हिस्सा खोज्ने बाहेक काम नगरेको सिटौलाको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया