सर्वसाधारणलाई गोली हान्ने डिएसपी जिल्ला तानिए

काठमाडौं, ११ कात्तिक– बिर्तामोडमा सर्वसाधारणमाथि गोली हान्न आदेश दिने डिएसपी जिप्रका झापामा तानिएका छन् । बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका प्रहरीको गोली लागी एक सर्वसाधारणको मृत्यु भएको थियो सोहि घटनाको छानबिनका लागि इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी राजकुमार सिलवाललाई जिप्रका झापा तानिएको हो । डिएसपी सिलवालको घटना प्रकरणमा भूमिका नै संकास्पद रहेको आफन्तको दाबी छ । हाल उनको डीएसपी जितेन्द्र बस्नेतलाई पठाइएको छ । यसैबीच विर्तामोडमा अझैं पनि कफ्यू जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?