अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको छ : सांसद वाग्ले

लोकपथ
468
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरुमा धेरै फेरबदल आइरहेको बताएका छन् ।

बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरु बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरुमा बदलाव आइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरुमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रुपमा जलवायु परिवर्तनका कुराहरु जोडिने महत्वपूर्ण कुराहरु भइरहेको छ । ठूला संरचनागत परिवर्तनहरु भइरहेको छ । तीन करोडमा एक करोड नेपालीहरु बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरु पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’

सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलोमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् ।  स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरुमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरुमा सुधार आउन नसकेको उनको भनाई छ ।

उनले भने, ‘नियुक्तिहरु बेचविखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेकापट्टाको त कुरै नगरौं ।’

उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्याएको समेत आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?