बाँके । प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि बाँकेमा ४ कार्यकर्ताले आत्मसमर्पण गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका जनाइएको छ ।
आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने प्रहरीको भनाई छ ।
विप्लव समूहले भने आफ्ना गतिविधिमा माथि सरकारले फुकुवा गर्नुपर्ने माग गर्दै अएको छ । उनीहरुले आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया