स्थानीय तहको तथ्यांक विश्लेषण गर्दा कांग्रेस निल हुनबाट जोगियो !

काठमाडौँ -आगामी  मंसिर १० र २१ गतेको निर्वाचनमा वाम गठबन्धन बलियो देखिएको छ ।  स्थानीय तहको निर्वाचनमा प्राप्त मत विश्लेषण गर्दा बाम गठबन्धन ३१ जिल्लामा बलियो देखिएको हो ।    सरुवामा मात्रै कांग्रेस गठबन्धन बलियो देखिएको छ ।  मंसिर १० गते ३२ जिल्लाका ३७  प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । जसमध्ये सरुवा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मात्रै कांग्रेस केहि मतले अगाडि देखिएको हो । आगामी  मंसिर १० र २१ गतेको निर्वाचनमा वाम गठबन्धन बलियो देखिएको छ ।  स्थानीय तहको निर्वाचनमा प्राप्त मत विश्लेषण गर्दा बाम गठबन्धन ३१ जिल्लामा बलियो देखिएको हो ।    सरुवामा मात्रै कांग्रेस गठबन्धन बलियो देखिएको छ मंसिर १० गते ३२ जिल्लाका ३७  प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । जसमध्ये सरुवा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मात्रै कांग्रेस केहि मतले अगाडि देखिएको हो । मत विश्लेषण अनुसार रामेछाप मा माओवादीका श्याकुमार श्रेष्ठ  २७१५० मतले अगाडि छन् । दोलखामा पार्वत गुरुङ (एमाले) २६२१६ मत, सिन्धुपाल्चोक  १ मा अग्निप्रसाद सापकोटा(माओवादी केन्द्र) १८९९५ मत, , सिन्धुपाल्चोक २ मा शेरबहादुर तमाङ (एमाले)१०८३१ मत, ,धादिङ १ मा भूमी त्रिपाठी (एमाले)२८६८७ मत, धादिङ २ मा खेम प्रसाद लोहनी (एमाले)१५०५१ मत, नुवाकोटमा  १ हितबहादुर तमाङ(माओवादी केन्द्र) १६९०२ मत, नुवाकोट २मा नारायणप्रसाद खतिवडा(एमाले) ११४६५ मत, मुस्ताङमा प्रेमप्रसाद तुलाचन (एमाले)५०३४ मत, म्याग्दीमा भूपेन्द्रबहादुर थापा(एमाले)६१९८ मत, बाग्लुङ १ मा डा. सूर्य पाठक (एमाले)६१७० मत , बाग्लुङ २ मा देवेन्द्र पौडेल (माओवादी केन्द्र) १०२४५ मत ,मनाङमा पोल्देन छोपाङ गुरुङ(एमाले) ९९ मत , लमजुङ मा देवप्रसाद गुरुङ (माओवादी केन्द्र) ३८८१ मत, गोर्खा १ मा हरिराज अधिकारी(माओवादी केन्द्र) १४४५ मत, गोर्खा २ मा नारायणकाजी श्रेष्ठ(माओवादी केन्द्र) ११७६ मत, रोल्पामा बर्षमान पुन (माओवादी केन्द्र) २२९७१ मत, पूर्वी रुकुममा कमला रोका (माओवादी केन्द्र) ७९२७ मत, बाजुरामा लालबहादुर थापा (एमाले)३५०० मत, पश्चिम रुकुममा जनार्दन शर्मा (माओवादी केन्द्र) १७८०४ मत, ले जाजरकोटमा शक्तिबहादुर बस्नेत(माओवादी केन्द्र) १२६०३ मत ,हुम्लामा चिनी लामा (माओवादी केन्द्र) ३८९६ मत , मुगुमा गोपाल बम (एमाले) ४२४९ मत, जुम्लामा गजेन्द्र महत (माओवादी केन्द्र) १४१७८ मत, डोल्पामा धनबहादुर बुढा (एमाले)४४५७ मत, दार्चुलामा गणेशसिंह ठगुन्ना (एमाले)७२३४ मत, बझाङमा भैरवबहादुर सेन (एमाले)१५१०१ मत र  बैतडीमा दामोद भण्डारी (एमाले)१२५९५ मतले अगाडि छन् ।  रसुवामा भने एमालेका जनार्दन ढकाल कांग्रेसका  मोहन आचार्य भन्दा १५६४ मतले पछाडि छन् स्थानीय तहमा जेजस्तो  मत आएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको इमान्दारितामा कस्तो  प्रभाव देखाउँछ त्यो त देखिने नै छ । तर, इमान्दारीतामाथि नेतृत्वबाटै  आशंका व्यक्त गरेको भने छनक मिलेको छ ।  किनकी  शुक्रबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र  एमाले अध्यक्ष केपी ओलीले  गठबन्धनमा इमान्दार बन्न  एक विशेष सर्कुलर नै जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?