पर्सा । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले आज (मंगलवार) सर्वोच्च अदालतको निर्णय जलाएका छन् ।
नागरिकता सम्बन्धी गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले आइतवार दिएको आदेशको विरोध गर्दै उनीहरुले सर्वोच्चको निर्णयको प्रति जलाएका हुन् ।
गृहमन्त्रालयले गत साता जन्मसिद्ध नागरिकाको सन्तानलाई वंशनको नागरिकता दिन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । तर, यसको चौतर्फि विरोध भएपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले रिटमा सुनुवाई गर्दै आइतवार अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया