सरकारी चिकित्सक काममा नफर्किए कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु काममा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ । 

आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलवार काममा नफर्किए आवश्यक सेवा सञ्चालन ऐन अनुसार कारबाही गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । 

सरकारी डाक्टरहरु मंगलवार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको उनले बताए । 

आन्दोलनरत चिकित्सकहरु काममा फर्किए वार्ताको माध्यमबाट समाधान खोज्न सकिने समेत श्रेष्ठले जानकारी दिए । 

मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन आह्वान गरेको थियो ।

‘यदि उहाँहरु काममा फर्किनु भएन भने प्रचलित कानून बमोजिम कारवाही हुन्छ’ प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रालयले यसबारेमा हिजै प्रष्ट पारिसकेको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?