१३ मङ्सिर २०८०, बुधबार

झापामा आजपनि कफ्र्यु, कफ्र्यु लाग्नुको कारण यस्तो छ

२०७४,कार्तिक,११,शनिवार ०७:४४

0
Shares

झापा, ११ कात्तिक । जिल्ला प्रशासन झापाले विर्तामोडमा हिजो जारी गरिएको कफ्र्युलाई आज पनि निरन्तरता दिएको छ । एक महिनाअघि रहस्यमय रुपमा मृत अवस्थामा फेला परेका अर्जुनधारा नगरपालिकाका ११ बर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको छानबिनको माग गर्दै विर्तामोडमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेसँगै हिंसा भड्कन पुगेको थियो । बिर्तामोडमा शुक्रबार भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परी एकजनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका थिए । प्ररही र स्थानीयको झडपमा एकजनताको मृत्यु भएसँगै जिल्ला प्रशासनले थप क्षती हुन नदिने भन्दै कफ्र्यु लगाएको थियो । यसैबीच सरकारले विर्तामोडमा भएको घटनाको छानविनका लागि समिति गठन गरेको छ । गृह मन्त्रालयले घटनाको छानविनका लागि मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेशकुमार भट्टराई, सशस्त्रका डीआइजी चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हरिहर पौडेल सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८