धादिङमा भयानक बस दुर्घटनास् मृतकको संख्या १४ पुग्यो, वेपत्ताको पत्तो छैन

धादिङ, ११ कात्तिक– धादिङमा शनिबार बिहान भएको नाइट बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको नाइट बस घाटबेसी बांगे मोडबाट त्रिशुलीमा खसेको थियो प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रुले बताएका छन् उनीहरुका अनुसार छल र बस भसत्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए १२ घाइतेहरुको धादिङ र गजुरीमा उपचार भइरहेको जनाइएको छ । तीब्र गतिको बस घुम्तिीमा अनियन्त्रित भई नदीमा खस्न पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?