काठमाडाैं । माओवादी(केन्द्र)का यूवा नेता तथा वाइसियल इन्चार्ज दिपशिखाले ‘हिलोमा चुर्लुम्म डुबिरहेकाहरुले माओवादीको पिठ्यूमा लागेको दाग देखाइरहेको ‘ टिप्पणी गरेका छन । माओवादी(केन्द्र)को बिद्यार्थी पार्टी कमिटीद्वारा हिजाे आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेता सापकोटाले यस्तो टिप्पणी गरेका हुन् ।
माओवादी नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारीहरुलाई थुन्ने, तस्करहरुलाई कार्वाही गर्ने, पछिल्लो परिवर्तनको रक्षक भएर उभियो । जुन कुरा हिजो पुस्ताैंदेखि राज्य दोहन गर्नेहरुको शिविर र त्यस वरपरकाहरुलाई पचाउन कठिन भइरहेकोले उनको आरोप थियो ।
कथित पपुलिष्ट पोलिटिक्सका बाहकहरु खुइलिँदै जानु र परिवर्तन पक्षधर शक्तिहरु बिच विभाजन ल्याउन असंभव हुँदै गएपछि प्रतिकृयावादीले बदनाम र दुश्प्रचारको निति लिएको नेता सापकोटाको जिकिर थियो ।
विद्यार्थी महाशाखाको बैठकले विभिन्न शाखाहरुमा नेताहरुको कार्यबिभाजन तथा प्रशिक्षण लगायत विविध कार्यक्रमहरु सार्वजनिक गरेको महाशाखा सचिव उपेन्द्र शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया