काठमाडौं । नेकपा एकीकृत समाजवादीको अधिवेशनको तयारीका लागि सुरु भएको केन्द्रीय सचिवालयको बैठकमा सोमबार विधान मस्यौदा प्रस्तावमाथि छलफल भएको छ ।
पार्टीले विधान मस्यौदाका लागि उपाध्यक्ष बेदुराम भुषाल, महासचिव घनश्याम भुषाल र उपमहासचिव प्रकाश ज्वालाको तीन सदस्यी विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिले विधान मस्यौदाका लागि अघि सारेको प्रस्तावमा सोमबार छलफल भएको नेता जीवनराम श्रेष्ठले बताए ।
‘विधान संसोधन प्रस्ताव पेस गर्नका लागि पार्टीका उपाध्यक्ष बेदुराम भुषाल, महासचिव घनश्याम भुषाल र उपमहासचिव प्रकाश ज्वालाको तीन सदस्य विधान मस्यौदा समिति बनेको थियो । त्यो समितिले आजको बैठकमा विधान मस्यौदा गर्ने प्रस्ताव राखेको छ,’ उनले भने, ‘त्यो प्रस्तावउपर नै आजको बैठक मा छलफलहरु जारी रह्यो, आफ्नो विचार राख्ने काम भएको छ । छलफल भोलि पनि जारी रहने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया