हिमालयन रि-इन्स्योरेन्सको साधारण सेयरको बिक्री अवधि थप

लोकपथ
429
Shares

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री अवधि थप गरेको छ ।

कम्पनीले यही मंंसिर २७ गतेबाट अंकित मूल्य एक सय रुपैयाँमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी अंकित मूल्य दुई सय छ रुपैयाँमा एक करोड १८ लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको थियो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत खुल्ला साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस एक गते र ढिलोमा यही पुस ११ गते बन्द हुने बताईएकोमा कम्पनीले ढिलो अवधिमा सेयर बिक्री कार्य बन्द गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी १० अर्ब रुपैयाँमा ३० प्रतिशतका दरले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकोमा प्रिमियम थप गरी साधारण सेयरको बिक्री खुला गरेको हो ।

बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशतका दरले हुन आउने छ लाख कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि, १० प्रतिशतका दरले हुन आउने ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेका जनताका लागि, पाँच प्रतिशतका दरले हुन आउने १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

कम्पनीका अनुसार खरिदर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० लाख कित्ता सम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको दुई करोड ४९ लाख कित्ता सेयरमा शनिबारसम्म ११ लाख ५६ हजार चार सय ३४ जनाले दुई करोड आठ लाख ९५ हजार छ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । सोही मितीलाई आधार मान्दा अब करिब ४१ लाख कित्ताका लागि आवेदन परेपछि आईपीओ बन्द हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । सोही आधारमा पछिल्लो दिनहरुमा कम्पनीको साधारण सेयरको बिक्री कार्य उत्साहजनकरुपमा बढेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?