परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् ।

कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने भन्दै प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्ने बताए । 

बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय गरिएको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?