पूर्वराजा शाह आगामी हप्ता भैरहवा जाने

लोकपथ
252
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् ।

शाहका संवाद सचिव डा। फणिराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् ।

पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन् ।

पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?