आज सुन चाँदीको मूल्य स्थिर

लोकपथ
195
Shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासंघका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?