प्रस्तावित न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ सकियो

लोकपथ
56
Shares

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशमध्ये महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको संसदीय सुनुवाइ सकिएको छ । आइतबार सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय पौडेल र ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनीहरूले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिवद्धता जनाए ।

प्रस्तावित न्यायाधीश पौडेलले सर्वोच्चको कार्यबोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताए ।

उनले पेश गरेको कार्य योजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम रहेको भन्दै कार्यबोझ घटाउन कानुन संशोधन गरेर जिल्ला र उच्च अदालतलाई थप कार्यभार दिनुपर्ने उल्लेख गरे ।

‘सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या अत्यधिक छ र वृद्धि हुने क्रम बढ्दो छ’, उनले भने, ‘प्रस्तावित न्यायाधीश शर्माले आफ्नो कार्य योजनामा भनेका छन् । सबै किसिमका मुद्दाहरू सर्वोच्च अदालतमा पुग्ने कुरा उपयुक्त हुँदैन ।’

उनले अदालतमा लाग्ने शुल्कको कारणले न्याय महङ्गो नभएको उल्लेख गर्दै भने, ‘संवैधानिक इजलासमा जाँदा त्यस्तो धेरै शुल्क महङ्गो भन्ने हुँदैन । बढीमा भनेको ६ हजार छ । त्यसैले अदालतमा लाग्ने शुल्कको कारणले न्याय महङ्गो भएको होइन ।’

प्रस्तावित न्यायाधीशहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ आगामी बैठकमा हुनेछ । उनले प्रदेश र स्थानीयकानुन संविधानसँग बाझिएको हदमा बदर गर्न उच्चअदालतलाई क्षेत्राधिकार दिने, दोहोर्याई पाउनदिने निवेदनहरू हेर्न सम्बन्धित उच्च अदालतहरूमा नै पूर्ण इजलासको व्यवस्था गर्ने र सबै मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र जिल्लाअदालतलाई प्रदान गर्ने गरी सर्वोच्च अदालतमाकार्य बोझन्यूनीकरण गर्न सकिने बताएका छन् । ‘यसका लागि संविधान तथा कानुन परिमार्जनको आवश्यकता छ’, शर्माले आफ्नो कार्य योजनामा भनेका छन् ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशरू बारेमा संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ । आइतबार पनि प्रस्तावित न्यायाधीशहरूबारे सुनुवाइ चलिरहेको छ । सुनुवाइका क्रममा सांसदहरूले सोधेको जिज्ञासालाई समाधान गर्दै प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले आफू बिदा भएर जाँदा चोखै रहने प्रतिबद्धता गरेका छन् । न्यायपालिका आफ्नो लागि र अदालतको लागि होइन जनताको लागि नै हामी लागेको हौँ ।

पौडेलले आफू अवकाशभएर जाँदानिष्ठाकायमै राखेर चोखो रहन प्रयास गर्ने बताएका हुन्। उनले सुनुवाइकाक्रममा आफूले न्याय क्षेत्रमा ३० वर्ष बिताएको बताउँदै अबको ६ वर्षको बाँकी अवधि पनि इमानपूर्वक बिताउने उल्लेख गरे । पौडेलले भ्रष्टाचारविरुद्ध आफूले कुनै सम्झौतानगर्ने बताए । पौडेलले हिंसाले राज्यको आत्मालाई अपांगबनाउने बताउँदै भ्रष्टाचारले आत्मा नै मारिदिने जिकिर गरे।

त्यहीकारण अब बँचेको आफ्नो ६ वर्षको समयमा निष्ठा र इमान नगुमाई चोखो भएर बिताउने पनिपौडेलको तर्क थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?