सामाजिक सञ्जालः प्रशसंकदेखि आलोचकसम्मको साझा थलो

सामाजिक सञ्जाल पछिल्लो समय मनोरञ्जन र सुचना आदन-प्रदानको लागि भन्दा पनि बढि वकालत गर्ने ठाउँ जस्तै बनेको छ ।

कुनै विषयले सामाजिक सञ्जाल प्रयोगकताहरुको ध्यान केन्द्रित गरेपछि दुई टिममा पक्ष र विपक्षमा विभाजन भएर  वकालत गर्ने गरेको पाइन्छ ।

सामाजिक सञ्जाल पछिल्लो समय न्यायलय बन्दै गएको छ । वकिल पनि सामाजिक सञ्जाल प्रयोगकर्ता  ।

न्यायाधीश पनि सामाजिक सञ्जाल प्रयोगकर्ता नै।

सन् २०१० मा सामाजिक सञ्जालको प्रयोग सूचना आदान-प्रदान र मनोरञ्जनका लागि मात्रै थियो । तर, सामाजिक सञ्जाल पछिल्लो समय सत्ता परिवर्तनसम्म गर्न सक्ने शक्तिशाली अस्त्र बनेका उदाहरण पनि धेरै छन् । 

ट्विटरले शुरु गरेको ह्यासट्याग, फेसबुकले बनाएको ग्रुप, युट्युबको भिडियो सुविधासहित अन्य सार्वजनिक प्लेटफर्म, म्यासेन्जरको आगमन र नयाँ–नयाँ प्रयोगले सामाजिक सञ्जाल व्यापक र शक्तिशाली बन्दै गएको हो । 

ट्विटरले शुरु गरेको ह्यासट्याग, फेसबुकले बनाएको ग्रुप, युट्युबको भिडियो सुविधासहित अन्य सार्वजनिक प्लेटफर्म, म्यासेन्जरको आगमन र नयाँ–नयाँ प्रयोगले सामाजिक सञ्जाल व्यापक र शक्तिशाली बन्दै गएको हो । 

पछिल्लो केही दिन यता सामाजिक सञ्जाल प्रयोकर्ताहरु मिस नेपालका निर्णायक मण्डल रचना गुरुङ शर्मामाथि खनिएका छन् । 

मिस नेपालको काठमाडौं अडिसनको भिडियो सार्वजनिक भएपछि उनी एकाएक विवादमा तानिएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार बिहान डा .कल्याणले आफ्नो फेसबुक पेजमा एउटा भिडियो सार्वजनिक गरे ।  

निर्णायक रचना गुरुङले मेकअप किन नगरेको भन्दै प्रश्न गर्छिन् । उत्तर आउँछ, ‘वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन ।’

निर्णायक गुरुङले रुखो आवाजमा एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको पनि भिडियोमा छ । प्रतियोगीको म सिक्ने छु भन्ने उत्तर नआउँदै भन्छिन्, ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर ग-यौं । 

उक्त प्रतियोगी अस्मीता महर्जन हुन् । हाल उनी मिस नेपालको टप २६ मा पर्न सफल भएकी छिन् भने उनको प्रतियोगी नम्बर ८ हो । 

‘मिस नेपाल’ प्रतियोगिता आफैमा विवादत प्रतियोगिता हो । हरेक वर्ष अझै भनैं बारम्बार यो सुन्दरी प्रतियोगितामा विवाद भइरहन्छ ।

मिस नेपाललाई महिलाको रुप बेच्ने कारखाना भन्दै कतिपय महिलाले नै विरोध गरिरहेका बेला मेकअप नगरेर मिस नेपाललाई अनादर गरेका भने पछि मेकअप गर्न नजान्ने सुन्दरीहरुलाई अपमान गरेको भन्दै युवतीहरुले नै विरोधमा उत्रिएका हुन् । भिडियो फुटेज सार्वजनिक भएपछि मेकअपलाई नभएर बौद्धिकतालाई सम्मान गर्नुपर्ने धारणा धेरैको छ ।

कतिपयले मेकअप गरेकी रचनाभन्दा प्रतियोगी नै ‘राम्री’ देखिएको भन्दै निर्णायकको ‘ट्रोल’ समेत अहिले सामाजिक सञ्जालमा छ्याप छ्पाप्ती पाइन्छ । तर, आयोजक हिडेन ट्रेजरले भने अहिलेसम्म आधिकारिक केही जवाफ दिएको छैन । 

यहाँ सामाजिक सञ्जालमा देखिएको विरोध, बहस र कतिपय समर्थनका पोष्टहरु संकलन गरेका छौँ । 

सामाजिक सञ्जालको यो त एउटा प्रतिनिधि घटना मात्र हो । राष्ट्रपतिको  कार, हेलिकोप्टरदेखि लिएर सरकारका स–साना निर्णयमा समेत सामाजिक सञ्जालमा सरकारको विरोध हुने गरेको पाइन्छ । 

निर्मला पन्तको न्यायका विषयमा त सामाजिक सञ्जालमा सरकारको यति धेरै बदनाम गरिएको छ कि लाग्छ सरकारले अपराधीको संरक्षण मात्रै गर्छ, अहिलेसम्म सरकारले कसैलाई न्याय नै दिएको छैन भन्ने भान समेत बनाउँछ । 

सामाजिक सञ्जालमा हुने गरेको विरोधका कारण सरकारले धेरै ठाउँमा स्पष्टीकरण समेत दिनु परेको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सरकारका सबैजसो व्यक्ति र निकाय सामाजिक सञ्जालको निर्मम प्रहारको अचानो बन्दै आइरहेका छन् । 

सामाजिक सञ्जालमा हुने गरेको विरोधका कारण सरकारले धेरै ठाउँमा स्पष्टीकरण समेत दिनु परेको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सरकारका सबैजसो व्यक्ति र निकाय सामाजिक सञ्जालको निर्मम प्रहारको अचानो बन्दै आइरहेका छन् । 

सामाजिक सञ्जालमा भएको आलोचनाका कारण सरकारले कतिपय गलत गतिविधिहरू सच्याएको उदाहरण पनि देखिन्छ । 

सामाजिक सञ्जाल अझै भनौं भने सोसियल मिडियाः सम्भावना र शक्ति दुबै बोकेको छ । 

सामाजिक सञ्जाल अझै भनौं भने सोसियल मिडियाः सम्भावना र शक्ति दुबै बोकेको छ । 

शब्दमा कति शक्ति रहेछ त रु सामाजिक सञ्जालले पुष्टि गरेको छ  । सामाजिक सञ्जाल मनोरञ्जनको खालमात्र हैन, शब्दास्त्रको सञ्जाल पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?