पोको एम ५ को साथमा नेक्स्ट लेवल मोबाइल गेमिङ र सहज डिजिटल जीवनशैली

लोकपथ
65
Shares

काठमाडौं । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो ।

४ जिबी + ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी + १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिने पोको एम ५ ले किफायती र उत्कृष्ट फिचरहरुको आकर्षक संयोजन प्रदान गर्दछ ।

पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित आउँदछ जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव सुनिश्चित गर्दछ । यस ६ एनएमको प्रोसेसर पहिलेको नै शक्तिशाली मिडियाटेक हेलियो जि ९६ को अपग्रेड हो जुन रु. ३०,००० भन्दा माथिका स्मार्टफोनमा मात्र पाइन्छ । यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृस्ट बनाउँछ ।

पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो जसले तपाईको प्रयोगको अनुसार आफै डिस्प्लेको रेफ्रेश रेट घट–बढ गर्छ।

यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्ले सहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ जसले गर्दा तपाईको गेमिंग अनुभव उत्कृस्ट हुन्छ । साथमा सनलाइट डिस्प्लेले बाहिरी वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।

फोटोग्राफीमा इच्छुक ग्राहकहरुका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ। साथमा यस स्मार्टफोनको ५,००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्दतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्दछ ।

सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको ग्राहकहरुकलाई बलियो प्रदर्शन, उत्कृृृष्ट डिस्प्ले, लामो ब्याट्री लाइफ, आकर्षक डिजाइन, र भर्साटाइल क्यामेरा प्रणालीको संयोजनले पोको एम ५लाई एउटा आकर्षक अपसनको रुपमा स्थिापित गरेको छ ।

उत्कृष्ट फिचर र आकर्षक प्रदर्शन सहितको किफायती मूल्यमा पाइने पोको एम ५ ले पोकोको लेगसीलाई कायम राखेको छ । पोको एम ५ ले किफायती मूल्यमा प्रिमियम अनुभव प्रदान गर्दै बजेट स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने वाचा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?