राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा चुनाव चिह्न क्रम निर्धारण (सूचीसहित)

लोकपथ
91
Shares

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ ।

दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेको छ ।

त्यसैगरी पाँचौँमा जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर छैटौँ, नेकपा एकीकृत समाजवादीको कलम सातौँ, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया आठौँ, लोसपाको साइकल नवौँ, नेमकिपाको मादल दशौँ, जममोर्चाको गिलास एघारौँ र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा बाह्रौँमा रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?