काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ ।
धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आजबाट सुरु हुने बैठक आगामी मंगलवारसम्म जारी रहनेछ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेण्डा पेश गर्ने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया