कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजे बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा समेत पुग्दा समेत बैठक हुन सकेन । कार्यसम्पादन समितिको भागवण्डाको विषयमा पार्टीभित्रै विवाद देखिएपछि आज बस्ने भनिएको बैठक नभएको पार्टीका नेताहरुले जनाए ।

पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलाई आफू बाहेक ८ जनाको नाम दिन प्रस्ताव गरेकोमा नेता कृष्ण सिटौलाले असन्तुष्टि देखाएको र यही विषयमा विवाद चर्किएको जानकारी आएको छ ।

सभापति शेरबहादुर देउवा भने क्षेत्रीय भेला उद्घाटन गर्न पोखरा पुगेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?