सारङ्गा सुवेदीमाथि संसदीय सुनुवाइ सुरु

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीमाथि संसदीय सुनुवाइ सुरू भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइ सुरु भएको हो ।

मंसिर ५ गते उनलाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

यसअघि समितिमा सुवेदीमाथि ५ वटा उजुरी परेको थियो । समितिको बैठकमा सुवेदीले कार्ययोजना समेत प्रस्तुत गरेकी छन् बैठकमा उनले १४ वर्ष न्यायाधीशको रूपमा काम गरेको बताउँदै कानुन र वाणिज्य शास्त्रमा स्नातक तह उतीर्ण गरेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?