विद्युत खपत वृद्धि कार्ययोजना स्वीकृत गर्ने निर्णय

लोकपथ
21
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले बिहीबार एउटा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ भने दुई कर्मचारीलाई बढुवाको निर्णय गरेको छ ।

सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।

उनका अनुसार सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरण विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई र नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?