प्युठानमा जन्ती बोकेको स्कर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना घाइते

लोकपथ
56
Shares

प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको स्कर्पियो दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले लोकपथलाई जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका अन्य चार जनाको जिल्ला अस्पताल बिजुवारमा भइरहेको सूचना अधिकारी खनालले बताए।

दुर्घटनामा परी घाइते हुनेमा मल्लरानी गाउँपालिका -३का २६ बर्षीय कृष्ण परियार, ऐरावती गाउँपालिका -२ की २५ वर्षीया करिश्मा सुनार, गाउँपालिका -२ कै ४० वर्षीया सृजना सुनार र दाङको राप्ती गाउँपालिका- ५ की ३५ वर्षीया पिपला सुनार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको स्कर्पियो बिहीबार बिहान दुर्घटनामा परेको हो।

नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिएको थियो ।

प्रहरीले घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?