अवैध लागुऔषधसहित ४ जना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं ।  देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको सिरहा नगरपालिका-१७ माडर बसपार्कबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित मिर्चैया नगरपालिका-५ बस्ने २४ वर्षीय कृष्ण कुमार यादव समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासीको पश्चिम, पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १ सय

३० मिलिग्रामसहित बिनय गाउँपालिका-२ घर भई रुपन्देही देवदह नगरपालिका-५ खैरेनी बस्ने २६ वर्षीय मन प्रसाद गुरुङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु। ८५ प २९४७ को मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?