जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउगरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत विहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा कुमार समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?