महेन्द्रनगरमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने

लोकपथ
63
Shares

धनगढी । स्थानीय प्रशासनले कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीले आज (बिहीबार) एक विज्ञप्ति जारी जारी गर्दै भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएकोले सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्नका लागि निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

साथै अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सो विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले केही दिनयता संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?