देशका  विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

लोकपथ
28
Shares

काठमाडौं ।   देशका  विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं तार्केश्वर नगरपालिका-१ साङ्ला भत्केकोपुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार फेला परेको हो ।

मोरङको सुनबर्सी नगरपालिका-६ झपडतल बस्ने ५५ वर्षीय बल बहादुर कार्की सोही ठाउँ स्थित छिमेकीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?